नियम १०
व्यक्तिगत सहयोगी सेवा सिफारिस समिति
: नियम ९ को उपनियम (१) को खण्ड (क) बमोजिम अपाङ्गता भएका व्यक्तिको लागि व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउन स्थानीय तहको प्रत्येक वडामा देहाय बमोजिमको व्यक्तिगत सहयोगी सेवा सिफारिस समिति रहनेछः-
(क) स्थानीय तहको सम्बन्धित वडाको वडाध्यक्ष -संयोजक
(ख) अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्थाका प्रतिनिधि वा अपाङ्गता भएका व्यक्ति वा निजका परिवारका सदस्य वा संरक्षकमध्येबाट संयोजकले तोकेको एक जना -सदस्य
(ग) संयोजकले तोकेको स्थानीय स्वास्थ्य संस्थाको एक जना प्रतिनिधि -सदस्य
(घ) सम्बन्धित वडाको वडा सचिव -सदस्य-सचिव